नियम ३४
पुनरावेदन समितिले अपनाउने कार्यविधि
(१) ऐनको दफा ६८ को खण्ड (ख) र (ग) अन्तर्गतको क्षेत्राधिकार भित्रका कसूरहरूको सम्बन्धमा सैनिक अदालतबाट भएको फैसला वा अन्तिम आदेश उपर परेको पुनरावेदनको कारबाही र किनारा गर्दा ऐनको दफा ११९
को उपदफा (७) बमोजिमको पुनरावेदन समितिले समेत नियम ३३ को उपनियम (३) बमोजिमको अधिकार र कार्यविधि प्रयोग गर्नेछ ।
(२) ऐनको दफा ११९ को उपदफा (७) बमोजिमको पुनरावेदन समितिले अन्य कार्यविधि आफैँ निर्धारण गर्न सक्नेछ ।